BIZMANDU
www.bizmandu.com

हिमालयन पावर पार्टनरले ५३.२७ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने, सेबोनबाट पायो अनुमति

२०८२ फागुन २५

हिमालयन पावर पार्टनरले ५३.२७ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने, सेबोनबाट पायो अनुमति
हिमालयन पावर पार्टनरले ५३.२७ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने, सेबोनबाट पायो अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन पावर पार्टनर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ।

Vigo
GBIME
Tata

सेबोनले हिमालयन पावर पार्टनरलाई १:०.५ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो। सेबोनको अनुमतिसँगै कम्पनीले अब ५३ करोड २७ लाख रुपैयाँ बराबरको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ।