BIZMANDU
www.bizmandu.com

तुवाँलोले ढाकिएको काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, स्वास्थ्य जोखिम बढ्दै (तस्बिरहरू)


तुवाँलोले ढाकिएको काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, स्वास्थ्य जोखिम बढ्दै (तस्बिरहरू)
तुवाँलोले ढाकिएको काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, स्वास्थ्य जोखिम बढ्दै (तस्बिरहरू)


काठमाडौं। केही दिनदेखि काठमाडौं आसपासका क्षेत्रमा घाम देखिएको छैन। आकाश तुँवालोले ढाकेको छ।

Tata
GBIME

आइक्यूएयर डट कमका अनुसार काठमाडौंको प्रदूषण तह १७९ पुगेको छ। यसको अर्थ यहाँको हावा स्वास्थ्यका लागि हानिकारक बनेको छ।

नेपाल संसारका सबैभन्दा प्रदूषित सहरको तेस्रो नम्बरमा छ। नेपालमाथि पहिलो नम्बरमा बंगलादेशको ढाका (१९१) र दोस्रोमा पाकिस्तानको लाहोर (१८३) छन्।

नेपालपछि भारतका दुई सहर दिल्ली र कोलकाता छन्। उज्बेकिस्तानको ताश्केन्ट र पोल्यान्डको रोक्लको हावा पनि स्वास्थ्यका लागि हानिकारक तहमा छ।

प्रदूषणका कारण केहीमा स्वासप्रस्वाससम्बन्धी समस्या देखिएको छ। यो समस्या बढ्न सक्ने बताइएको छ। खुला हावामा हिँड्दा मास्कको प्रयोग अनिवार्य देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।