काठमाडौं। साताको पहिलो दिन बढेको सुनचाँदीको मूल्य दोस्रो दिन घटेको छ। अघिल्लो दिनको भन्दा सोमबार सुन तोलामा ३ हजार ७ सय रुपैयाँले घटेको छ।
सोमबारको लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख १३ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुन तोलामा ३ हजार ५ सय रुपैयाँले बढेर प्रति तोला ३ लाख १६ हजार ९ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य सोमबार तोलामा ६५ रुपैयाँले घटेर प्रति तोला ५ हजार ४ सय १० रुपैयाँमा आइपुगेको छ। आइतबार प्रति तोला ५ हजार ४७५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ५०९८.५२ डलर भएको छ। आइतबार बढ्दै प्रति औंस ५१७१.९२ डलर पुगेको थियो। चाँदी पनि घटेर प्रति औंस ८३.२६ डलरले कारोबार भइरहेको छ।