काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएको दमन तथा विध्वंसको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ।
अध्यक्ष गौरीबहादुर कार्कीसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउने भएको हो।
असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो।


आयोगमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्। आयोगलाई तीन महिनाको समय दिइएपनि पटक-पटक गरेर समय थप गरिएको थियो। करिब ६ महिनामा आयोगले प्रतिवेदन तयार पारेको छ।
आयोगले जेनजी आन्दोलमा सरकारमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिवदेखि प्रहरी प्रमुखसम्मको बयान लिएको छ। सबैसँगको बयान र छानबिनपछि प्रतिवेदन तयार पारेको हो।



