भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री ४२ हजार ३३४ मतका साथ विजयी भएका छन्। यस क्षेत्रमा एमालेका महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गरे।
खत्री र बस्नेतबीचको मतान्तर ३१ हजार ३६८ रह्यो। कांग्रेसका कवीर राणाले ८ हजार ४०१ मत पाएका छन्। ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो।

मतगणनाको अन्तिम नतिजा घोषणा हुँदा रास्वपा कार्यकर्ताले बधाइ र शुभकामना साटासाट गरेका छन्। खत्रीको जितसँगै रास्वापाले भक्तपुरका दुवै क्षेत्र जितेको छ।

नेमकिपाको गढ भनिने भक्तपुर-१ मा रास्वापाका रुकेश रंजित विजयी भएका छन्।







