BIZMANDU
www.bizmandu.com

बुकिङ कम्फर्म गरेरमात्र विमानस्थल आउन यात्रुहरुलाई टिआइएको आग्रह

२०८२ फागुन २१

बुकिङ कम्फर्म गरेरमात्र विमानस्थल आउन यात्रुहरुलाई टिआइएको आग्रह
बुकिङ कम्फर्म गरेरमात्र विमानस्थल आउन यात्रुहरुलाई टिआइएको आग्रह


काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालय (टिआइए) ले यात्रुहरुलाई बुकिङ कम्फर्म गरेर मात्र विमानस्थल आउन आग्रह गरेको छ।

Tata
GBIME

मध्यपूर्व क्षेत्रमा हवाई उडान प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द तथा रद्द भइरहेको अवस्थामा विमानस्थल कार्यालयले यस्तो सचना जारी गरेको हो।

पछिल्लो समय केही वायुसेवाहरुले मध्यपूर्व क्षेत्रमा अलपत्र परेका तेस्रो मुलुक हुँदै नेपाल आउने ट्रान्जिट यात्रुहरुका लागि मध्यपूर्वस्थित केही विमानस्थलबाट नेपाल आउने र नेपालबाट सोही विमानस्थलसम्म मात्र जाने (कनेक्टिङ/ छ्रान्जिट बाहेक) केही उडान संचालन गर्न थालेका विमानस्थल कार्यालयले जनाएको छ।

‘मध्यपूर्वका देशहरु र सो देशहरुबाट ट्रान्जिट भइ तेस्रो मुलुक यात्रा गर्ने हवाई यात्रुहरुले सम्बन्धित वायुसेवाहरुसंग समन्वय गरी आफ्नो बकिङ कम्फर्म गरे पश्चात मात्र विमानस्थलमा आउनको लागी सम्बन्धित सबैलाई अनुरोध गरिन्छ,’ विमानस्थल कार्यालयले सूचना जारि गर्दै उल्लेख गरेको छ।

इरानले खाडि मुलुकमाथि आक्रमण गर्दा मध्य पूर्वको हवाइ उडान प्रभावित हुँदै आएको छ।