BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय बजारमा बढ्यो सुनचाँदीको मूल्य, नेपाली बजारमा निर्वाचनले स्थिर

२०८२ फागुन २१

अन्तर्राष्ट्रिय बजारमा बढ्यो सुनचाँदीको मूल्य, नेपाली बजारमा निर्वाचनले स्थिर
अन्तर्राष्ट्रिय बजारमा बढ्यो सुनचाँदीको मूल्य, नेपाली बजारमा निर्वाचनले स्थिर

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ। दुई दिनदेखि घटिरहेको सुनको मूल्य बढेर प्रति औंस ५१६९.७२ डलर पुगेको छ। चाँदी पनि बढ्दै प्रति औंस ८४.७१ डलर पुगेको छ।

GBIME
Tata

बुधबार सुन प्रति औंस ५१४३.७३ डलर र चाँदी प्रति औंस ८४.०१ डलरमा कारोबार भएको थियो।

अमेरिका-इजरायल र इरान युद्ध बढ्दै जाँदा लगानीकर्ताहरू पुनः सुन खरिदमा आकर्षित भएका छन्। यसले भाउ पुनः उकालो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

नेपालमा बिहीबार प्रतिनिधि सभा निर्वाचन भएकाले सार्वजनिक बिदा छ। यातायात र बजार बन्द छ। त्यसैले कारोबारीको संस्थाले सुनचाँदीको कारोबार मूल्य निर्धारण गरेको छैन।

बुधबार सुन तोलामा ११ हजार रुपैयाँले घटेर प्रति औंस ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी प्रति तोला ५ हजार ५ सय ४० रुपैयाँ थियो।