BIZMANDU
www.bizmandu.com

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, लगानीकर्तालाई ८.७० प्रतिशत बोनस सेयर दिने

२०८२ फागुन १९

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, लगानीकर्तालाई ८.७० प्रतिशत बोनस सेयर दिने
प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, लगानीकर्तालाई ८.७० प्रतिशत बोनस सेयर दिने

काठमाडौं। प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले चुक्ता पुँजीको ९.१५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सको सञ्चालक समितिको आइतबार बसेको बैठकले ८.७० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.४६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ७० करोड ९ लाख ५५ हजार रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।