BIZMANDU
www.bizmandu.com

टेलिकमको ग्रुप एसएमएस सेवा : एकै पटक १० हजार सन्देश पठाउन कति पैसा लाग्छ?

२०८२ फागुन १८

टेलिकमको ग्रुप एसएमएस सेवा : एकै पटक १० हजार सन्देश पठाउन कति पैसा लाग्छ?
टेलिकमको ग्रुप एसएमएस सेवा : एकै पटक १० हजार सन्देश पठाउन कति पैसा लाग्छ?


काडमाडौं। नेपाल टेलिकमले आफ्नो मोबाइल नम्बर प्रयोग गरिरहेका ग्राहकलाई एकै पटकमा १० हजारसम्म ग्रुप एसएमएस पठाउन मिल्ने सुविधा उपलब्ध गराएको छ।

Vigo
GBIME
Tata

टेलिकमले ६ हजार २१५ रुपैयाँमा एक पटकमा १० हजार एसएमएस पठाउन मिल्ने सुविधा उपलब्ध गराएको हो। टेलिकमका अनुसार ग्राहकले एक पटकमा दुई हजार र पाँच हजार एसएमएस पनि पठाउन सक्छन्।

एक पटकमा २ हजार ग्रुप एसएमएस पठाउनका लागि १ हजार २४३ रुपैयाँ र ५ हजार एसएमएस पठाउन ३ हजार १०८ रुपैयाँ लाग्ने टेलिकमले जनाएको छ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो नाममा रहेको सिमकार्ड प्रयोग गर्नुपर्ने टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनका लागि आवश्यक नम्बरहरु एक्सेल सिटमार्फत अपलोड गर्नुपर्छ । त्यसपछि एकै पटक धेरै जनालाई एसएमएस पठाउन सकिन्छ।