BIZMANDU
www.bizmandu.com

रास्वपाको चुनावी शक्ति प्रदर्शन, काठमाडौं केन्द्रित ‘घण्टी अभिवादन र्‍याली’ (फोटो फीचर)

२०८२ फागुन १६

रास्वपाको चुनावी शक्ति प्रदर्शन, काठमाडौं केन्द्रित ‘घण्टी अभिवादन र्‍याली’ (फोटो फीचर)
रास्वपाको चुनावी शक्ति प्रदर्शन, काठमाडौं केन्द्रित ‘घण्टी अभिवादन र्‍याली’ (फोटो फीचर)

काठमाडौं। निर्वाचन प्रचारमा बल दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार काठमाडौं उपत्यका केन्द्रित  ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गरेको छ। यो सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायत सहभागी सवारी र्‍याली हो।

Tata
GBIME
Nepal Life

गौशालाबाट बिहान साढे ६ बजे सुरु भएको र्‍यालीमा पार्टीले  उपत्यकाका तीनै जिल्ला समेट्ने तालिका पार्टीले बनाएको छ। उपत्यका केन्द्रित ठुला सभा नगरेको पार्टीले यो कार्यक्रमबाट मतदातासँग सम्पर्क विस्तार गर्नु रहेको जनाएको छ।

गौशालाबाट सुरु भएको अभियान साँझ साढे ६ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुने जनाइएको छ। सार्वजनिक गरिएको रुट म्याप अनुसार पशुपतिनाथबाट सुरु भएको यात्रा चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला हुँदै भक्तपुरको सानोठिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायक पुग्नेछ।

त्यसपछि जडिबुटी, ग्वार्को, मंगलबजार, जावलाखेल हुँदै ललितपुरको पुलचोकमा पुग्नेछ। पुलचोकमा दिउँसो १ बजे खानाका लागि  समय  छुट्याइएको छ।

दोस्रो चरणमा कालिमाटी दिउँसो २ बजे टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी, गोंगबु हुँदै वनस्थली चोकस्थित रास्वपा केन्द्रीय कार्यालयमा पुगेर कार्यक्रम समापन हुने जनाइएको छ।

सहभागिताका लागि शाह र लामिछाने शुक्रबार बेलुकी नै काठमाडौं आइपुगेका हुन्। रास्वपाको शक्ति प्रदर्शनका रुपमा रहेको यो र्‍यालीमा पार्टीका उपत्यकाका उम्मेदवारहरु पनि सहभागी छन्।