BIZMANDU
www.bizmandu.com

नागरिक एपबाट मतदाता परिचयपत्रको स्क्रिनसट गर्न मिल्ने

२०८२ फागुन १५

नागरिक एपबाट मतदाता परिचयपत्रको स्क्रिनसट गर्न मिल्ने
नागरिक एपबाट मतदाता परिचयपत्रको स्क्रिनसट गर्न मिल्ने

काठमाडौं । सरकारले नागरिक एपमार्फत मतदाता परिचयपत्रको स्क्रिनसट लिन मिल्ने सुविधा ल्याएको छ।

Tata
GBIME
Nepal Life

डिजिटल सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुले आफ्नो एपमा सबैभन्दा पहिला भर्सन २.०.९१ मा अपडेट गर्नुपर्नेछ।

एपले व्यक्तिगत विवरणको सुरक्षालाई मध्यनजर गर्दै प्रयोगकर्तालाई सचेत बन्न पनि आग्रह गरेको छ। स्क्रिनसट लिँदा आफ्नो व्यक्तिगत विवरणहरु सुरक्षित राख्न र कुनै पनि अनधिकृत व्यक्तिहरुलाई आफ्नो गोप्य विवरण साझा नगर्न आग्रह गरिएको छ।