BIZMANDU
www.bizmandu.com

जीवन बिमकले व्यापार बढाउँदा निर्जीवनको घट्यो, ७ महिनामा कुनको व्यवसाय कति?

२०८२ फागुन १४

जीवन बिमकले व्यापार बढाउँदा निर्जीवनको घट्यो, ७ महिनामा कुनको व्यवसाय कति?
जीवन बिमकले व्यापार बढाउँदा निर्जीवनको घट्यो, ७ महिनामा कुनको व्यवसाय कति?


काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा जीवन बीमा कम्पनीले व्यापार बढाउँदा निर्जीवन बीमा कम्पनीको कारोबार घटेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार इन्स्योरेन्स कम्पनीको जीवन बीमा कम्पनीको नयाँ व्यापार बढ्दा प्रिमियम आर्जनमा सुधार देखिएको छ।

Tata
GBIME

यो आर्थिक वर्ष साउनदेखि माघ मसान्तसम्म ३ वटा लघुसहित १७ जीवन बीमा कम्पनीले १ खर्ब १३ अर्ब ७१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्। यो रकम गत वर्ष ७ महिनाको तुलनामा ३.९१ प्रतिशत धेरै हो। पोहोर ७ महिनामा कम्पनीले १ खर्ब ९ अर्ब ४३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।

जीवन बीमा कम्पनीले प्रथम बीमा शुल्क २८.७८ प्रतिशत बढाएका छन्। पोहोर माघसम्म प्रथम बीमा शुल्क २१ अर्ब ५२ करोड ६७ लाख रुपैयाँ आर्जन गरेका कम्पनीले यो वर्ष सोही अवधिमा २७ अर्ब ७२ करोड रुपैयाँ कमाएका हुन्।

जीवन बीमा कम्पनीले दुई आर्थिक वर्ष ७ महिनामा संकलन गरेको प्रिमियम रकम लाखमा

बीमा कम्पनी२०८२२०८१फरक %
नेपाल लाइफ२९५९६६.३६२९३९८९.३९०.६७
नेसनल लाइफ१३३१११.७३१३६२८४.५७-२.३३
लाइफ इन्स्योरेन्स कर्पोरेसन१२०३८५.२६१२५६०५.३१-४.१६
हिमालयन१०४३६९.८४११२२२७.५२-७
राष्ट्रिय जीवन बीमा कम्पनी७६११६.०९४४७९३.४०६९.९३
सूर्यज्योति६६६१७.९७६६९५०.०९-०.५
एसियन५५६२५.५८५६९८२.७६-२.३८
सिटिजन४७३९९.८५४४९००.४१५.५७
सानिमा रिलायन्स४२७८०.७७४२९२६.७८-०.३४
आइएमई लाइफ३८६७८.८९३२८७८.२५१७.६४
मेट लाइफ३७१०९.६५३८८०९.२१-४.३८
रिलायबल नेपाल३४८८८.७१३१७५९.७१९.८५
प्रभु महालक्ष्मी३२५५२.९४३१९७६.६७१.८
सन नेपाल२४९७५.३६२७०२९.५८-७.६
कुल११३७१०४.०११०९४३५९.७८३.९१
स्रोत:नेपाल बीमा प्राधिकरण

प्राधिकरणका अनुसार ८ वटा जीवन बीमा कम्पनीको प्रिमियम संकलन घटेको छ। ६ वटाले बढाएका छन्।

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै २९ अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

निर्जीवन बीमा कम्पनीले दुई आर्थिक वर्ष ७ महिनामा संकलन गरेको प्रिमियम रकम लाखमा

बीमा कम्पनी२०८२२०८१फरक %
शिखर इन्स्योरेन्स३३२०४.८२४०१३९.५६-१७.२८
सगरमाथा लुम्बिनी२९८९६.२४३३२४४.६३-१०.०७
हिमालयन एभरेष्ट२८३९३.४३२२१०५.७९२८.४४
सिद्धार्थ प्रिमियर२५१४९.९३२७५३९.५६-८.६८
आइजीआइ प्रुडेन्सियल२३८०६.४१२३७६०.७९०.१९
एनएलजी इन्स्योरेन्स२१८८३.९३१८५९१.२६१७.७१
नेको२१५१५.६७२१९४८.७६-१.९७
युनाइटेड अजोड१७५७३.१६१५९८६.४५९.९३
ओरियन्टल१६८७५.१९१७०३५.५८-०.९४
सानिमा जीआइसी१६०१४.३२१५७१०.३११.९४
नेपाल इन्स्योरेन्स१३४४१.७९१४०२४.०८-४.१५
प्रभु१०७०८.५४११६१५.२४-७.८१
राष्ट्रिय बीमा कम्पनी८९२४.०६१०९३८.७१-१८.४२
नेसनल इन्स्योरेन्स७९९६.६५७६४७.७९४.५६
कुल२८२७४६.५२२८६०८४.६३-१.१७
स्रोत:नेपाल बीमा प्राधिकरण

निर्जीवन बीमा कम्पनीको व्यापार १.१७ प्रतिशत घटेको छ। इन्स्योरेन्स कम्पनीले यो वर्ष माघसम्म २८ अर्ब २७ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका छन्। कम्पनीले गत वर्ष सोही अवधिमा २८ अर्ब ६० करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।

८ वटा निर्जीवन बीमा कम्पनीको प्रिमियम घटेको छ। शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३ अर्ब ३२ करोड रुपैयाँ प्रिमियम आर्जन गरेको छ।