BIZMANDU
www.bizmandu.com

एनभिडियाको चौथो त्रैमासको आम्दानी ७३ प्रतिशतले वृद्धि, अर्को वर्ष रोबोट्याक्सी सेवा सुरु गर्ने

२०८२ फागुन १४

एनभिडियाको चौथो त्रैमासको आम्दानी ७३ प्रतिशतले वृद्धि, अर्को वर्ष रोबोट्याक्सी सेवा सुरु गर्ने
एनभिडियाको चौथो त्रैमासको आम्दानी ७३ प्रतिशतले वृद्धि, अर्को वर्ष रोबोट्याक्सी सेवा सुरु गर्ने

विश्वकै अग्रणी चिप निर्माता कम्पनी एनभिडियाले चौथो त्रैमास ७३ प्रतिशतले आम्दानी बढाएको छ। कम्पनीले सो अवधिमा ६८.१ अर्ब डलर कमाइ गरेर नयाँ कीर्तिमान बनाएको छ

Tata
GBIME
Nepal Life

यो नतिजा विश्लेषकहरूले अनुमान गरेभन्दा धेरै हो। कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भइरहेको ठूलो लगानीप्रति बढ्दो शंकाका बीच कम्पनीले आशा लाग्दो प्रदर्शन गरेको हो।

कम्पनीका मालिक जेनसेन हुआङले कम्प्युटिङको माग तीव्र गतिमा बढिरहेको बताए। उनका अनुसार धेरैले एआई पूर्वाधारमा तीव्र रुपमा लगानी गरिरहेका छन्।

गत वर्षमा कम्पनीको कुल आम्दानी २१५.९ अर्ब डलर पुगेको छ। आगामी महिनामा अझ राम्रो व्यापार हुने प्रक्षेपण पनि गरिएको छ।

करिब ४.८ ट्रिलियन डलर बजार मूल्यसहित एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनी बनेको छ। यसले ओपनएआई र मेटा जस्ता एआई विकासकर्तालाई अत्याधुनिक चिप उपलब्ध गराउँदै आएको छ।

विश्लेषक जीन मुन्स्टरले एआई पूर्वाधार विस्तार लामो समयसम्म जारी रहने बताएका छन्। उनले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा एआईको गति धेरैले बुझ्न नसक्ने गरी तीव्र भएको उल्लेख गरेका छन्।

कम्पनीले चीनसम्बन्धी चिप आम्दानीको अनुमान भने सार्वजनिक गरेको छैन। अमेरिकी प्रशासनले केही सर्तमा चीनलाई एच२०० चिप बेच्न अनुमति दिएको भए पनि हालसम्म बिक्री नभएको बताइएको छ।

एनभिडियाले नयाँ प्रविधि र उत्पादन विस्तारमा पनि ध्यान केन्द्रित गरेको छ। लास भेगासमा भएको सीइएस प्रविधि व्यापार मेलामा कम्पनीले स्वचालित सवारीका लागि नयाँ एआई प्लेटफर्म सार्वजनिक गरेको थियो।

कम्पनीले अर्को वर्ष रोबोट्याक्सी सेवा सुरु गर्ने योजना पनि बनाएको छ।