BIZMANDU
www.bizmandu.com

‘कोडिङ किकस्टार्ट ३.०७’ सम्पन्न, तीन टिमले पाए ३ लाख रुपैयाँ पुरस्कार

२०८२ फागुन १२

‘कोडिङ किकस्टार्ट ३.०७’ सम्पन्न, तीन टिमले पाए ३ लाख रुपैयाँ पुरस्कार
‘कोडिङ किकस्टार्ट ३.०७’ सम्पन्न, तीन टिमले पाए ३ लाख रुपैयाँ पुरस्कार


काठमाडौं। नेपालको सबैभन्दा ठूलो विद्यार्थी कोडिङ प्रतियोगिता ‘कोडिङ किकस्टार्ट ३.०७’ सम्पन्न भएको छ।

Tata
GBIME

मेरो कोडिङ क्लासले गरेको राष्ट्रियस्तरको प्रतियोगितामा तीन जना विजेता टिमले तीन लाख रुपैयाँ पुरस्कार पाएका छन्। प्रत्येक विजेताले एक लाख रुपैयाँका दरले पुरस्कार पाएका हुन्।

प्रतियोगितामा देशभरका विद्यालयबाट ७९ टिमले सहभागिता जनाएका थिए। कक्षा ३ देखि १० सम्मका विद्यार्थीलाई ब्लक बेस्ड कोडिङ, एप डेभलपमेन्ट र रोबोटिक्स तथा आइओटी विधामा प्रतिस्पर्धा गराइएको थियो।

कडा प्रतिस्पर्धापछि २४ उत्कृष्ट टिम फाइनलमा प्रवेश गरेका थिए। ब्लक बेस्ड कोडिङमा ग्लोबल पाठशाला, एप डेभलपमेन्टमा दरबार हाई स्कुल र रोबोटिक्स तथा आइओटीमा ज्ञानोदय बाल बाटिका उच्च माध्यमिक विद्यालयले पुरस्कार जितेका हुन्।