BIZMANDU
www.bizmandu.com

अपर लोहोरे खोला हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, एनआइसी एशिया क्यापिटल बिक्री प्रबन्धक

२०८२ फागुन १२

अपर लोहोरे खोला हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, एनआइसी एशिया क्यापिटल बिक्री प्रबन्धक
अपर लोहोरे खोला हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, एनआइसी एशिया क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं। अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। ५० करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले १ः१.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले ७६ लाख ४७ हजार ६० कित्ता हकप्रद सेयर निष्कासनका लागि एनआइसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यस सम्बन्धमा दुई कम्पनीले सम्झौता गरेका छन्। सम्झौतापत्रमा अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र एनआइसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।