काठमाडौं। सामसङले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक लन्चभन्दा अघि नै ग्राहकका लागि आकर्षक ह्यान्ड रेजर (प्रि-रिजर्भ) अफर सार्वजनिक गरेको छ।
यस अफरमार्फत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोनको अग्रिम बुकिङ गर्दै अधिकतम २० हजार ९९९ रुपैयाँसम्मका विशेष लाभहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि-रिजर्भ गर्न सक्नेछन्। प्रि-रिजर्भ गर्ने ग्राहकहरूले १ टीबी सम्मको मेमोरी अपग्रेड (१५ हजार रुपैयाँसम्म बराबर), ५ हजार ९९९ रुपैयाँ बराबरको ६० वाट को फास्ट चार्जर पाउनेछन्।
यो एक्सचेन्ज सुविधा ग्यालेक्सी एस२३, एस२४ र एस२५ सिरिजका प्रिमियम स्मार्टफोनहरूका लागि उपलब्ध हुनेछ। त्यस्तै, आइडिभाइस १४,१५ र १६ मा पनि लागू हुनेछ।
यो अफर फेब्रुअरी २३ देखि २६ सम्म मात्र मान्य हुनेछ। यस अवधिमा ग्राहकहरूले दर्ता गरी, आफ्नो योग्य डिभाइस एक्सचेन्ज र नयाँ एआई पावर्ड स्मार्टफोन स्मार्ट मूल्यमा प्रि-रिजर्भ गर्न सक्ने कम्पनीले जनाएको छ।
यो अभियानबारे सामसङ एमएक्स डिभिजनका डाइरेक्टर प्रणयरत्न स्थापितले भने, ‘ह्यान्ड रेजर अफरमार्फत हामी ग्राहकहरूलाई प्रतिफल दिन चाहन्छौं। उहाँहरूले हाम्रो नवीनतम इनोभेसनमा अपग्रेड गर्ने तयारी गर्दा पहुँच र थप मूल्य प्राप्त गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो। यो कार्यक्रम नेपालका उपभोक्ताहरूलाई स्मार्ट प्रविधि, अर्थपूर्ण लाभ तथा सहज अपग्रेड अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता हो।’
यो अफरले सामसङका ग्राहकहरूलाई अर्थपूर्ण अपग्रेड, थप सुविधा तथा उत्कृष्ट मूल्य प्रदान गर्दै प्रतिफल दिने जनाइएको छ। सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोन सजिलै किन्न सक्ने पनि कम्पनीले जनाएको छ। यसमा शून्य प्रतिशत ब्याज, शून्य प्रतिशत डाउन पेमेन्ट र २४ महिनासम्मको किस्ता अवधि सहितका सजिला इएमआई विकल्प उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ।