BIZMANDU
www.bizmandu.com

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको उम्मेदवारी, टिममा को को?

२०८२ फागुन ११

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको उम्मेदवारी, टिममा को को?
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको उम्मेदवारी, टिममा को को?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि हेमराज ढकाल समूहले आफ्नो टिम घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

चैत २८ गते हुन लागेको निर्वाचनका लागि ढकाल समूहले आफ्नो प्यानल घोषणा गरेको हो। ६० औं वार्षिक साधारणसभाबाट चुनिने महासंघको वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी घोषणा गरेका हुन्।

आज एक कार्यक्रमबीच उनले आफ्नो टिमको घोषणा गरेका हुन्।

उनको टिममा ज्योत्सना श्रेष्ठ उपाध्यक्षको प्रत्यासी छिन्। त्यस्तै, एसोसिएट उपाध्यक्षमा उमेश डालमिया, जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे, जिल्ला नगर उपाध्यक्षमा नरेशलाल श्रेष्ठ उम्मेदवार छन्।

त्यस्तै, वस्तुगत उपाध्यक्षमा कमला श्रेष्ठको उम्मेदवारी घोषणा भएको छ।