BIZMANDU
www.bizmandu.com

ट्रायम्फको नयाँ बाइक स्क्र्याम्ब्लर ४०० एक्ससीको बुकिङ खुला, कति छ मूल्य?

२०८२ फागुन ११

ट्रायम्फको नयाँ बाइक स्क्र्याम्ब्लर ४०० एक्ससीको बुकिङ खुला, कति छ मूल्य?
ट्रायम्फको नयाँ बाइक स्क्र्याम्ब्लर ४०० एक्ससीको बुकिङ खुला, कति छ मूल्य?

काठमाडौं। ट्रायम्फले नेपाली बजारमा नयाँ बाइक स्क्र्याम्ब्लर ४०० एक्ससी मोडलका लागि बुकिङ खुला गरेको छ।

Tata
GBIME
Nepal Life

ट्रायम्फको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचंन्द एण्ड कम्पनीले उक्त बाइकको बुकिङ आइतबारदेखि खुलाएको हो।

कम्पनीले उक्त बाइकको मूल्य ७ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ। यो बाइक केही दिनमा नै बजारमा ल्याउने योजनाअनुसार कम्पनीले बुकिङ खुलाएको हो।

कम्पनीले २०२४ देखि नेपाली बजारमा ट्रायम्फका बाइकहरू बिक्री गर्दै आइरहेको छ। कम्पनीले यसअघि ट्रायम्फ ४०० स्पिड र ४०० स्क्र्याम्ब्लर ल्याएर बिक्री गरेको थियो।

अब भने नयाँ मोडलको बाइक नेपाल आउन लागेको हो।