BIZMANDU
www.bizmandu.com

सुनचाँदीको भाउ लगातार बढ्दै, सुन तोलामा ३ हजार २०० रुपैयाँ बढ्यो, चाँदी कति?

२०८२ फागुन ११

सुनचाँदीको भाउ लगातार बढ्दै, सुन तोलामा ३ हजार २०० रुपैयाँ बढ्यो, चाँदी कति?
सुनचाँदीको भाउ लगातार बढ्दै, सुन तोलामा ३ हजार २०० रुपैयाँ बढ्यो, चाँदी कति?

काठमाडौं। सुनचाँदीको भाउ बढेको छ। अघिल्लो दिनको भन्दा सोमबार सुन तोलामा ३ हजार २ सय रुपैयाँ र चाँदी १७० रुपैयाँले बढेको हो।

Tata
GBIME
Nepal Life

सुनको कारोबार मूल्य प्रति तोला ३ लाख १३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन ५ हजार ६ सय रुपैयाँले बढ्दा प्रति तोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य बढ्दै प्रति तोला ५ हजार ५ सय ९५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी तोलामा ३ सय ७५ रुपैयाँले बढेर प्रति तोला ५ हजार ४२५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस ५१५७.७१ डलर र चाँदी प्रति औंस ८६.९९ डलरले कारोबार भइरहेको छ। सुन एक दिनमा प्रति औंस ५०.५८ डलर महँगिएको छ भने चाँदी २.३२ डलरले बढेको छ।