BIZMANDU
www.bizmandu.com

आइसीएफसी फाइनान्सको ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन, प्रतिफल ८ प्रतिशत

२०८२ फागुन ११

आइसीएफसी फाइनान्सको ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन, प्रतिफल ८ प्रतिशत
आइसीएफसी फाइनान्सको ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन, प्रतिफल ८ प्रतिशत

काठमाडौं। आइसीएफसी फाइनान्सले ऋणपत्र निष्कासन गरेको छ। फाइनान्सले ५० करोड बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो।

Tata
GBIME
Nepal Life

लगानीकर्ताले सोमबारदेखि ऋणपत्रमा आवेदन दिन सक्नेछन्। ७ वर्ष अवधि भएको ‘८% आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर-२०८९’ ऋणपत्रको ब्याजदर ८ प्रतिशत छ।

प्रति कित्ता १ हजार रुपैयाँ दरको ऋणपत्रमा कुल निष्कासनमध्ये ३ लाख कित्ता ऋणपत्रले हुन आउने ३० करोड ऋण पुँजी रकम व्यक्तिगत तबरबाट बिक्री गरिने बिक्री प्रबन्धकले जनाएको छ।

त्यस्तै, फाइनान्सले २ लाख कित्ता ऋणपत्रले हुन आउने २० करोड ऋण पुँजी रकम (५ प्रतिशत अर्थात् १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारणलाई सार्वजनिक निष्कासनबाट बिक्री गर्न लागेको हो।

ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक ६/६ महिनामा समाप्त भएपछि भुक्तानी पाइनेछ। कम्पनीको ऋणपत्रमा लगानीकर्ताले फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन्। निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल छ।