BIZMANDU
www.bizmandu.com

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, कार्यसम्पादन ट्र्याकिङ गर्न मिल्ने सुविधा

२०८२ फागुन १०

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, कार्यसम्पादन ट्र्याकिङ गर्न मिल्ने सुविधा
ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, कार्यसम्पादन ट्र्याकिङ गर्न मिल्ने सुविधा


काठमाडौं। एचआर टेक कम्पनी ट्यालेन्ट कनेक्ट्सले ‘एचआर सफ्टवेयर’ सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

एप्लिकेन्ट ट्रयाकिङ सिस्टम (एटीएस)को सफल कार्यान्वयनपछि कम्पनीले पेरोल, पर्फर्मेन्स म्यानेजमेन्ट र एचआर अटोमेसन समेटिएको पूर्ण एचआर समाधान बजारमा ल्याएको हो।

कम्पनीले दुई वर्षअघि नेपालमै पहिलोपटक लिंक्डइन एकीकृत एटीएस प्रणाली सार्वजनिक गरेको थियो जसले धेरै संस्थाको मन जितेको कम्पनीको दाबी छ।

ट्यालेन्ट कनेक्ट्सका प्रबन्ध निर्देशक दिवस थापाले एटीएस प्रयोग गरिरहेका कम्पनीले पेरोल र पर्फर्मेन्स ट्र्याकिङको माग गरेपछि नयाँ एचआर सफ्टवेयर विकास गरेको जानकारी दिए। उनका अनुसार करिब ६ महिना लगाएर ‘एचआर सफ्टवेयर’ विकास गरिएको हो।

ट्यालेन्ट कनेक्ट्सको एचआर सफ्टवेयर देशको कानुनी व्यवस्था र कम्पनीको आन्तरिक नीति अनुसार कस्टमाइज गर्न सकिनेछ। केपीआई सेट गरेर कर्मचारीको कार्यसम्पादन (पर्फर्मेन्स) ट्र्याकिङ गर्न सकिने सुविधा पनि यसमा समावेश गरिएको छ।

सफ्टवेयरको मुख्य विशेषता मल्टी कन्ट्री र मल्टी करेन्सी सपोर्ट हो। नेपाल बाहिर सेवा विस्तार गर्न खोजिरहेका कम्पनी वा बहुराष्ट्रिय कम्पनीका लागि यो सफ्टवेयर उपयोगी हुने कम्पनीको दाबी छ।

कम्पनीले सुरुमा २० प्रतिशत छुटको अफर ल्याएको छ।

नेपाल र अमेरिकामा सञ्चालनमा रहेको ट्यालेन्ट कनेक्ट्सका सफ्टवेयर र सेवा यी दुई देशका अलावा क्यानडा, भारत, बेलायत र बंगलादेशका ३०० भन्दा बढी संस्थाले प्रयोग गरिरहेका छन्।

कम्पनीले पहिलो सिजनको शार्क ट्यांक नेपालबाट ३.५ करोड लगानीसमेत जुटाएको थियो।