काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.५९ अंकले खुम्चिएको छ। आइतबार बजार २६१४.५५ विन्दुमा झरेको हो।
कारोबारमा आएका १३ वटै उपसूचक खुम्चिदा सम्रग बजार नै घटेको हो। आज ट्रेडिङ उपसूचक सबैभन्दा धेरै ३.६१ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटेसँगै कारोबार रकम समेत खुम्चिएको छ। आज बजारमा ६ अर्ब ६९ करोडको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन बजारमा ८ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
आज कारोबारमा आएका २० कम्पनीको सेयरमूल्य बढ्दा २२० कम्पनीको खुम्चिएको छ। सात कम्पनीको मूल्य स्थिर छ।
सालपा विकास बैंकको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ। कम्पनीको प्रतिकित्ता सेयरमूल्य ३६ रुपैयाँले बढेर ३९९ रुपैयाँ ३० पैसा पुगेको छ।
अंखु खोला हाइड्रोपारको सर्वाधिक सेयर किनबेच भएको छ। आज कम्पनीको ६३ करोड ४२ लाख रुपैयाँको किनबेच भएको छ।
त्यसैगरी, रिडी हाइड्रोपारको ३७ करोड ६० लाख र एसवाइ प्यानलको ३१ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।