BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकको सञ्चालक समितिबाट साह बाहिरिए, गौतमले पाए नियुक्ति

२०८२ फागुन १०

माछापुच्छ्रे बैंकको सञ्चालक समितिबाट साह बाहिरिए, गौतमले पाए नियुक्ति
माछापुच्छ्रे बैंकको सञ्चालक समितिबाट साह बाहिरिए, गौतमले पाए नियुक्ति

काठमाडौं। माछापुच्छ्रे बैंकको सञ्चालक समितिबाट अनिष साह बाहिरिएका छन्।

Tata
GBIME
Nepal Life

संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने साहले दिएको राजीनामा बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले स्वीकृत गरेको छ।

सञ्चालक समितिले स्वतन्त्र सञ्चालकमा अर्जुनकुमार गौतमलाई नियुक्त गरेको छ। गौतम लेखा व्यवसायी हुन्।

कर्मचारी सञ्चय कोषबाट अवकाश पाएपछि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका गौतमको चार वर्षे कार्यकाल गत वैशाखमा सकिएको थियो।