BIZMANDU
www.bizmandu.com

विराटनगरमा विशेष महाधिवेशनको त्यति असर परेको देख्दिनँ, सबैले स्वीकार गरिसकेका छन् : शेखर कोइराला

२०८२ फागुन ८

विराटनगरमा विशेष महाधिवेशनको त्यति असर परेको देख्दिनँ, सबैले स्वीकार गरिसकेका छन् : शेखर कोइराला
विराटनगरमा विशेष महाधिवेशनको त्यति असर परेको देख्दिनँ, सबैले स्वीकार गरिसकेका छन् : शेखर कोइराला

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अरु दलहरुका उम्मेदवार जस्तै अहिले मतदाताको घरदैलोमा छन्। कोइरालाले विराटनगरका लागि नीति निर्माण र विकास निर्माणको जिम्मा आफूलाई दिन भन्दै मत मागरिरहेका छन्। २०६४, २०७० र २०७९ को निर्वाचनमा चुनाव जितेर प्रतिनिधि सभा सदस्य भइसकेका कोइराला यसपटक पनि विराटनगरमा कांग्रेसको वर्चश्व कायमै राख्न चुनावी अभियानमा छन्।

Tata
GBIME
Nepal Life

महेन्द्र मोरङ बहुमुख क्याम्पसअघि मतदातासँग मत मागिरहेका बेला उनलाई हामीले सोध्यौं

आकस्मिक रुपमा निर्वाचन भइरहेको छ। चुनावमा मतदाताको मनोभाव कस्तो पाउनु भयो?

मतदाताहरुमा अन्योल देखिन्छन् किनभने पाँच वर्षमा हुनुपर्ने निर्वाचन हामी तीन वर्षमा गरिराख्या छौं। निर्वाचन एजेन्डाविहीन छ, देशको कन्टेक्स्टबाट हेर्दा। तर गाउँ-गाउँमा जाँदा खेरि, वार्डहरुमा जाँदा खेरि टोलहरुमा जाँदा खेरि विकासका कुराहरु नै उहाँहरुले प्राथमिकतामा राख्नु भएको छ।

तर देश अत्यन्त अप्ठ्यारो मोडबाट गएको छ। हामीहरुले चुनावी एजेन्डामा युवालाई पनि फोकस गरेर जानुपर्ने आवश्यकता छ।  

युवासँग तपाईंको कुराकानी भइरहेको होला। मनोभावना कस्तो छ?

जुन मागहरु उठाएर जेन्जीले आन्दोलन गर्नुभयो त्यो माग आठ/दश वर्षदेखि नै मैले भनि नै राख्या छु। भ्रष्टाचार निर्मूल र रोजगारीका अवसरहरु सिर्जना गर्नपर्छ भनिरहेको थिएँ। युवाले उठाएको माग पनि त्यहि नै हो। देशको राजनीतिक र आर्थिक परिस्थिति खलबलिएको अवस्था म देखिराख्या छु। 

कांग्रेसले गठबन्धन गरेर चुनावमा जानु हुँदैन भनिरहनु भएको थियो। यसपल्ट कांग्रेसले गठबन्धन गरेको छैन। गठबन्धन गर्दा र नगर्दाको असर के छ? के फरक पाउनु भयो?

हैन म त सुरुदेखि नै पोस्ट इलेक्सन गठबन्धन हुनुपर्‍यो। किनभने हाम्रो निर्वाचन प्रणालीले तपाईंको एकल बहुमत कुनै पनि पार्टीलाई दिन सक्दैन। निर्वाचन प्रणाली नै यस्तो बनाएको छौं कि एकल बहुमत दिन सक्दैन भन्ने। तर, प्रि इलेक्सन गठबन्धन कहिले पनि गर्न हुँदैन भनेर हामी भनिराख्या थियौं। त्यो कुरा यसचोटि राम्रो भएको छ। नेपाली कांग्रेसले १६५ सिटमै उम्मेदवारी दिएको छ। त्यो अत्यन्त राम्रो छ। 

नियमित महाधिवेशनकी विशेष महाधिवेशन भन्ने विवादका बीच विशेष महाधिवेशन भयो। त्यसको इफेक्ट चुनावमा केही पर्‍यो कि परेन?

मैले अरु त हेरेको छैन। मोरङमा त्यति असर परिरहेको देख्दिनँ म। अब सबैले स्वीकार सकेका छन्। विशेष अधिवेशनको रिजल्टलाई स्वीकार गरिसकेका छन्। त्यसकारण मोरङमा त्यति असर मैले देखेको छैन। 

लोकल चुनावी एजेन्डा के छ? तपाईंले मतदातालाई के भनिरहनुभएको छ। 

विराटनगरको खास कुरा गर्दा या मोरङको कुरा गर्दा मोरङ राष्ट्रको राजनीतिक राजधानीको रुपमा परिचित थियो। नेपालको राजनीतिमा बिगुल त मोरङबाट फुकेको हो नि। त्यसपछि गिरिजा प्रसाद कोइराला हुन्जेल उहाँको बेलासम्म राजनीतिमा मोरङको अग्रणी भूमिका थियो त्यो अहिले अलिकति खलबलिएको महसुस मलाई भइराख्या छ।

त्यो हाम्रै कारणले होला म अरु कसैलाई दोष दिन चाहन्नँ जनतालाई म दोष दिन चाहन्नँ त्यो नेताहरुकै कारणले हो मेरो पनि कारण होला। नेपाली गाउँको कार्यकर्ता भएकोले मेरो पनि जिम्मेवारी हो। दोस्रो मोरङ भन्ने बित्तिकै पहिलो औद्योगिक नगरीको रुपमा विराटनगर या मोरङ चिनिएको थियो। अहिले त्यो स्खलन भएको अवस्था छ। त्यसलाई फेरि हामीले फर्काउनु पर्ने आवश्यकता छ। यो स्पेसल इकोनोमिक जोन हामीले गर्ने भनेर धेरै पहिले देखि नै गरिराख्या छौं।

त्यसको डीपीआर पनि भइराख्या छ। अब त्यो कुरा हामीले अगाडि बढाउन सक्यौं भने उद्योगी व्यापारी व्यवसायी हरुलाई धेरै फाइदा हुन्छ भन्ने मलाई लाग्छ। सेज भइसकेपछि यहाँका जुन व्यापारीहरु छन् अरु जिल्लाहरुमा गएर जुन खोलिरहनु भएको छ फेरि फर्कनुहुनेछ भन्ने विश्वास छ। सँगसँगै नयाँ उद्योगहरु पनि यहाँ खुल्ने छ।

अहिले आइटीको उद्योगहरु इम्पोर्टेन्ट भयो। म्यानुफ्याक्चरिंग इम्पोर्टेन्ट भयो। सर्भिस कम्पोनेन्ट वाला उद्योगहरु इम्पोर्टेन्ट भयो। यो कुराहरुमा विस्तारै मोरङ अगाडि बढिराखेको छ। त्यसलाई मैले अगाडि बढाउन खोज्दै छु।