काठमाडौं। तीन दिनदेखि लगातार घटिरहेको सुनको मूल्य बिहीबार बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ४ हजार ३०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य आज प्रति तोला ३ लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन तोलामा १ हजार ५०० रुपैयाँले घटेर प्रति तोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य बढेर बिहीबार प्रति तोला ५ हजार ६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको भन्दा चाँदी तोलामा १८० रुपैयाँले बढेको हो। बुधबार चाँदी प्रति तोला ८ हजार ८८० रुपैयाँ थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४९८८.२४ डलर छ। चाँदी प्रति औंस ७८.०५ डलर छ। बुधबार सुन प्रति औंस ४९३२.७९ डलर र चाँदी प्रति औंस ७५.५५ डलर छ।