काठमाडौं । सामसङले यो वर्ष ३ नयाँ फ्ल्यागसिप मोडलहरु लन्च गर्दैछ। कम्पनीले एस२६, एस२६ अल्ट्रा र एस २६ प्लस मोडलहरु फेब्रुअरी २५ मा लन्च गर्ने भएको हो।
ती फ्ल्यागसिप स्मार्टफोनमा प्राइभेसी डिस्प्लेको फिचर रहनेछ। ती स्माटफोर्न सानफ्रान्सिस्कोमा हुने कार्यक्रममा सार्वजनिक गरिनेछ।
फोनमा १२ जिबी र्याम र २५६ जीबी स्टोरेजसहित डायनामिक एमोलेड डिस्प्ले रहेको छ। ग्यालेक्सी एस २६ मा ६.३ इन्चको डिस्प्ले र ४३०० एमएच ब्याट्री, टिपल क्यामेरा सेटअप (५० एमपी मुख्य र १२ एमपी अल्ट्रावाइड, १० एमपी टेलिफोन) रहेको छ। एस२६ प्लसमा ६.७ इन्चको डिस्प्ले, ४९०० एमएच ब्याटी रहनेछ।
सामसङ एस२६ अल्ट्रामा १२ जीबी र्यामसहित २५६ जीबी र ५१२ स्टोरेज क्षमता रहनेछ। त्यस्तै, १ टीबी र १६ जीबी र्याममा पनि यो फोन उपलब्ध हुनेछ। यसको ब्याटी क्षमता ५००० एमएच रहेको छ। सामसङ एस २६ अल्ट्रामा एफ १.४ एपार्चरसहितको २०० मेगापिक्सेलको मुख्य क्यामरासहित ५० मेगापिक्सेलको ५ गुणा अप्टिकल जुम दिने पेरिस्कोप र ५० मेगापिक्सेलकै अल्ट्रा वाइड क्यामरा रहनेछ।