BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १५०० र चाँदी ५ रुपैयाँ सस्तियो

२०८२ फागुन ६

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १५०० र चाँदी ५ रुपैयाँ सस्तियो
सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १५०० र चाँदी ५ रुपैयाँ सस्तियो

काठमाडौं। बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ५ सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

बुधबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ४ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार सुन तोलामा ९ सय रुपैयाँ घटेर प्रति तोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँ घटेर प्रति तोला ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा २५ रुपैयाँ बढ्दा कारोबार मूल्य प्रति तोला ८ हजार ८ सय ८५ रुपैयाँ थियो।

सुनचाँदीको भाउ घट्न थालेपछि स्थानीय बजारमा कारोबार पनि कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४९३२.७९ डलर र चाँदी प्रति औंस ७५.५५ डलर छ।