BIZMANDU
www.bizmandu.com

सुनचाँदी बजार : सुन प्रति तोला नौ सयले घट्यो, चाँदी बन्यो २५ रुपैयाँले बलियो

२०८२ फागुन ५

सुनचाँदी बजार : सुन प्रति तोला नौ सयले घट्यो, चाँदी बन्यो २५ रुपैयाँले बलियो
सुनचाँदी बजार : सुन प्रति तोला नौ सयले घट्यो, चाँदी बन्यो २५ रुपैयाँले बलियो


काठमाडौं। सुनको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। चाँदीको कारोबार मूल्यमा भने सामान्य बढोत्तरी छ। सुन अघिल्लो दिनमा तुलनामा तोलामा ९ सय रुपैयाँ सस्तिएको छ।

GBIME
Tata

मंगलबार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख १ हजार ९ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि साताको पहिलो दिनका तुलनामा ३ हजार रुपैयाँले घट्दा सोमबार तोलाको ३ लाख २ हजार ८ सय रुपैयाँ भएको थियो।

गत आइतबार सुन प्रति तोला ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा क्रमिक गिरावट देखिएको छ।

चाँदी तोलामा २५ रुपैयाँ महँगिएको छ। कारोबार मूल्य मंगलबार तोलाको ४ हजार ८ सय ८५ रुपैयाँ भएको छ। सोमबार प्रति तोला ४ हजार ८ सय ६० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबार सुन प्रति औंस ४९४४.४६ डलर र चाँदी प्रतिऔंस ७५.१ डलरले कारोबार भइरहेको छ। सोमबार सुन ४९७६.६५ डलर र चाँदी ७५.२५ डलर थियो।