काठमाडौं। बीवाइडीको एटो२ र सिलायन ७ को मूल्य बढेको छ।
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाइडी एटो २ को मूल्य १ लाख १ हजार र सिलायन ७ को मूल्य ३ लाख १ हजार रुपैयाँ बढाएको हो। बढाइएको मूल्य अब भित्रिने नयाँ गाडीका हकमा लागू हुने कम्पनीले जनाएको छ।
कम्पनीले बढाइएको मूल्य मंगलबार सार्वजनिक गरेको छ। जस अनुसार एटो २ को मूल्य अब ४५ लाख र सिलायन ७ को मूल्य ७८ लाख रुपैयाँ पुर्याइएको छ।
कम्पनीले एटो २ हाल ४३ लाख ९९ हजार र सिलायन ७ गाडी ७४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ।
यसअघि अन्य केही ब्रान्डका बिक्रेताले पनि २०२६ को मोडलका गाडीमा मूल्य बढाएका थिए। केही बिक्रेता बढाउने तर्खरमा छन्।