BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले तीन महिनाका लागि बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

२०८२ फागुन ५

राष्ट्र बैंकले तीन महिनाका लागि बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव
राष्ट्र बैंकले तीन महिनाका लागि बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ५० अर्ब रुपैयाँ उठाउन लागेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले ८९ दिनका लागि बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ उठाउन लागेको हो।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। मंगलबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज जेठ ३ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको ३ खर्ब ५० अर्ब ३५ करोड रुपैयाँ परिपक्व हुन बाँकी छ।