BIZMANDU
www.bizmandu.com

सुपर खुदी हाइड्रोको आईपीओमा खुल्यो आवेदन, सर्वसाधारणलाई १२.८६ लाख कित्ता

२०८२ फागुन ५

सुपर खुदी हाइड्रोको आईपीओमा खुल्यो आवेदन,  सर्वसाधारणलाई १२.८६ लाख कित्ता
सुपर खुदी हाइड्रोको आईपीओमा खुल्यो आवेदन, सर्वसाधारणलाई १२.८६ लाख कित्ता

काठमाडौं। सुपर खुदी हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँटपश्चात दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि मंगलबारदेखि सेयर जारी गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको छ। कम्पनीले कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्याएको छ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। आइपीओमा आवेदन बन्द छिटोमा फागुन ११ गते हुनेछ भने ढिलोमा फागुन २० गते हुनेछ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ।