BIZMANDU
www.bizmandu.com

गगनको क्याबिनेटमा अर्थ मन्त्रालय हाँक्न सक्छु : गोविन्द भट्टराई

२०८२ फागुन ५

गगनको क्याबिनेटमा अर्थ मन्त्रालय हाँक्न सक्छु : गोविन्द भट्टराई
गगनको क्याबिनेटमा अर्थ मन्त्रालय हाँक्न सक्छु : गोविन्द भट्टराई

गोविन्द भट्टराई पुनः तनहुँ-१ को चुनावी मैदानमा छन्। आफ्नो किल्ला मानिने यो क्षेत्र कांग्रेसले उपनिर्वाचनमा भने गुमाएको थियो। अघिल्लोपटक हार बेहोरेका भट्टराई यसपटक जसरी पनि जित्ने लक्ष्य लिएर कम्मर कस्सेर लागेका देखिन्छन्।

Tata
GBIME
Nepal Life

गोविन्द यसपटक कांग्रेसमा नेतृत्व परिवर्तन भएकाले पनि ढुक्क देखिन्छन्। सोमबारमात्र उनले दमौलीमा उपसभापति एवं कांग्रेसका चुनावी कमान्डर विश्वप्रकाश शर्माको उपस्थितिमा आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरे।

चुनावी घरदैलोमा शालीन रुपमा प्रस्तुत भएका भट्टराई हल्लाभन्दा काममा जोड दिँदा जनमत पाइनेमा विश्वास गर्छन्। चुनावी कार्यक्रममै दौरानमा उनी दमौलीमा भेटिए। उनै भट्टराईलाई बिजमाण्डूका नेत्र तामाङले सोधे – उपनिर्वाचनमा रास्वपाले जितेको ठाउँमा तपाईं उही उम्मेदवारसँग तपाईं चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ, पहिलेको पराजयलाई विजयमा परिणत गराउन कसरी सम्भव छ?

पहिले अर्को पार्टीले जितेको अवस्था थियो। अब त्यो अवस्था अहिले छैन। मतदाताहरुको पनि जे अपेक्षा थियो। निर्वाचनपछाडि जे जे हुन्छ भन्ने त्यो अपेक्षा चाहिँ पुरा अपेक्षा पुरा नभएको कारणले पनि धेरै मतदाताहरु परिवर्तनको पक्षमा छन्।

म ग्रासरुटबाट राजनीति गरेको हुँ। मैले जनताको सेवा गरेको छु। छक्का पञ्जावाला राजनीतिमा म लागिनँ। पञ्चायतकालमा पनि मलाई धेरै अफर आएको थियो।

तनहुँ-१ विगतमा कांग्रेसको किल्ला नै हो। अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र पनि, तर अहिले धेरै मत नयाँ शक्तितिर गइरहेको भन्ने सुनिन्छ। यसलाई फर्काउनुपर्ने चुनौती के छ?

यो एउटा रियाक्सन हो। कांग्रेसप्रतिको अन्य दलको असन्तुष्टिप्रतिको भोट एकै ठाउँमा खनियो अघिल्लोपटक। तर अहिले त्यस्तो अवस्था छैन। सबै आआफ्नो ठाउँमा फर्केका छन्। कमजोर भएरै होला सायद अर्थमन्त्री बन्ने खाले प्रचारमा आएका छन्।

गाउँमा पानी पुर्‍याउने उम्मेदवारको रुपमा चिनिनुहुन्छ, अर्थ मन्त्रालयको दैलो चहार्नुहुन्छ, शालीन मानिस हुनुहुन्छ, निर्वाचनमा छक्कापन्जा जान्नुपर्छ तर तपाईंमा त्यो गुण छैन शालीन हुनुहुन्छ भन्ने रहेछ नि?

अहिलेकै अर्थमन्त्री रामेश्वर खनाल अर्थसचिव हुँदा पनि म चैँ निवेदन लिएर जान्थेँ। २० लाखको प्रोजेक्ट पनि पर्‍यो। अब यो त पानीको मात्र प्रचार भयो। मैले सडक बनाउन पहल गर्ने कुरा, पुल बनाउन पहल गर्ने कुरा, टेलिफोन टावर बनाउने कुरादेखि जनताको अपेक्षामा पहल गर्ने कुरा छ।

म ग्रासरुटबाट राजनीति गरेको हुँ। मैले जनताको सेवा गरेको छु। छक्का पञ्जावाला राजनीतिमा म लागिनँ। पञ्चायतकालमा पनि मलाई धेरै अफर आएको थियो। यो गर्छु, त्यो गर्नु भन्ने खालकोमा म लागिनँ। म डेमोक्रेसीकै पक्षमा लागिरहेँ। म डेमोक्रेसी नआएको भए अहिलेसम्म पनि यसैको लागि लडिरहेको हुन्थेँ। छक्कापञ्जा गरेर राजनीति गर्ने मलाई आउँदैन।

म पदै प्राप्तिका लागि राजनीति गरेको हैन। मलाई छक्कापञ्जा गरेर ठुलै ठाउँमा पुगौँला भन्ने पनि छैन। मलाई जनताले जहाँ पुर्‍याउँछन् म त्यही ठाउँमा बस्ने भन्ने मान्छे हुँ।

तर पनि म केही काम गर्न सक्दिनँ भन्ने हैन। म पनि अर्थशास्त्री नै हुँ। मास्टर्स इकोनोमिक्समा गरेको हुँ। म पनि अहिले  पीएचडी स्कलर हुँ। बाहिर पढ्न जाने अवसर छाडेँ। देश र सत्ता सञ्चालनका लागि एजुकेसन मसँग छ। यहाँको समाज मैले बुझेको छु। जात जातिको बारेमा धेरै बुझेको छु। भूगोलबारे राम्रो थाहा छ।

म पनि अर्थशास्त्री नै हुँ। मास्टर्स इकोनोमिक्समा गरेको हुँ। म पनि अहिले पीएचडी स्कलर हुँ। बाहिर पढ्न जाने अवसर छाडेँ।

अहिलेको निर्वाचनमा तपाईंको काम तपाईँको यो बुझाई कसरी जनतासम्म पुगिरहेको छ, पछिल्लो वेभ, सामाजिक सञ्जाल र अल्गोरिदमले त तपाईंलाई जनतासम्म पुर्‍याएको देखिन्न?

हात-हातमा मोबाइल पुर्‍याउने हाम्रै नीति हो। प्रेसदेखि सामाजिक सञ्जालको आधारभूमि तयार भएको हाम्रै नीतिले हो। बाहिर हल्ला कम भए पनि गोविन्द भट्टराईको डेभलपमेन्टको प्याटर्न तनहुँका जनतालाई थाहा छ। यहाँ हामीले गरेको काम सामाजिक सञ्जालमामात्र सीमित छैन। यहाँको पब्लिकलाई धेरै राम्रोसँग थाहा छ।

सत्य-असत्य जनताले थाहा पाइसके। अहिले उहाँहरुको सैद्धान्तिक आधार न विकासको क्लियर पिक्चर छ। कुनै विकासको क्लियर पिक्चर छैन।

तैपनि देशव्यापी आएको पछिल्लो वेभले राम्रालाई पनि त बढार्नसक्छ नि, यसलाई कसरी रोक्नुहुन्छ?

पहिलो संविधान सभामा यस्तो वेभ माओवादीसँग थियो। तराईतिर उपेन्द्र यादवको पार्टीको पनि निकै ठूलो वेभ थियो। अघिल्लो चुनावमा जान्नेलाई छान्ने भन्ने थियो। नयाँ आइसकेर पुराना पार्टी बनिसके। जनताले थाहा पाइसके।

सत्य-असत्य थाहा पाइसके। अहिले उहाँहरुको सैद्धान्तिक आधार न विकासको क्लियर पिक्चर छ। कुनै विकासको क्लियर पिक्चर छैन। खाली बदलिने र बदल्छु भन्नेमात्र छ। उहाँहरु पनि निर्वाचन लडेर आउनु भएको हो। उहाँहरु नयाँ पार्टी हैन नि। उहाँहरुको क्लियर दृष्टिकोण केही पनि छैन।

हाम्रो पार्टीमा प्रचार नगरिएका तर धेरै प्रतिभा भएका पीएचडी होल्डर साथीहरु हुनुहुन्छ। त्यसमध्येमा म पनि एउटा हुँ।

उपनिर्वाचनमा आन्तरिक राजनीति पनि छतछुल्ला देखियो। गोविन्दराज जोशी फ्याक्टर पनि तपाईंहरुको पक्षमा देखिएको थिएन। अहिले यो मत कसरी परिवर्तन होला?

यो आम निर्वाचन हो। पहिलेको जस्तो छैन । स्टेक होल्डरले आफ्नोआफ्नो भोट कन्जुम गर्छन्। समानुपातिक मतको कुरा पनि छ।

गगन प्रधानमन्त्रीका उम्मेदवार, चुनावी कमान्डर विश्वप्रकाश शर्मा पनि तपाईंलाई केन्द्रमा राखेर आउनुभएको देखिन्छ। गगन प्रधानमन्त्री बनेर आउँदै गर्दा तपाईं इकोनोमिस्ट पनि भएको नाताले त्यो क्याबिनेटमा तपाईको भूमिका के रहला?

हाम्रो पार्टी मन्त्री मात्र बनाएको पार्टी हैन। पटक-पटक प्रधानमन्त्री बनाएको पार्टी हो। हाम्रो पार्टीमा प्रचार नगरिएका तर धेरै प्रतिभा भएका पीएचडी होल्डर साथीहरु हुनुहुन्छ। त्यसमध्येमा म पनि एउटा हुँ।

निजी क्षेत्र र निर्माण क्षेत्रमा व्यापक लगानी ल्याउने गरी अबको १० वर्षमा बेरोजगारीमात्र समाधान गर्ने लक्ष्य रहनेछ। अर्थतन्त्रको आकार दोब्बर बढाएर तलब स्केल पनि दोब्बर बनाउन सकिन्छ।

तपाईंलाई यहाँका मतदाताले किन जिताउनै पर्ने आधार के के छन्?

जिल्लाको मात्र हैन अहिलेको प्रमुख चुनौती भनेको रोजगारी सिर्जना गराउने हो। बाहिर रहेकाहरु देशमा फर्कन चाहन्छन्। अर्को कुरा प्रति वर्ष ४ लाख युवा रोजगारयोग्य बनेर लेबर मार्केटमा आउँछन्। यिनीहरुलाई पनि रोजगार दिनु छ। कहाँ-कहाँ लगानी गर्ने? पहिलो प्राथमिकता जलविद्युतमा साढे २८ हजार मेगावाट बिजुली निकाल्ने हो।

अर्को पर्यटन क्षेत्रमा व्यापक सम्भावना छ। अन्तरराष्ट्रिय पर्यटक यहाँ ल्याउन सकिने प्रशस्त आधारहरु छन्। धार्मिक हिसाबले पनि वेदब्यास जन्मेको ठाउँ यही हो। देवघाटलाई आदिप्राग भनिन्छ। कुम्भमेलामा ६३ करोड नुहाउन गए। आदिप्राग रहेको देवघाटमा प्रचारप्रसार गर्न सकिए केही प्रतिशत पर्यटक ल्याउन कुनै कठिनाइ छैन।

अर्को, अहिले प्रसिद्ध मनकामनाको दिदी मानिने छिम्केश्वरी यहीँ छ। छिम्केश्वरीको पनि प्रचार भएको छैन। यी तीनवटा पर्यटकीय क्षेत्रको पूर्वाधार बनाएर हिन्दु कुश बनाउन काम गर्न सक्छौँ। पर्यटकीय हिसाबले तनहुँ ट्रान्जिट प्वाइन्ट हो। यसको उदाहरणसहित भन्न सक्छु, मुक्तिनाथ, लुम्बिनी र काठमाडौंको ट्रान्जिट प्वाइन्ट तनहुँलाई बनाएर पर्यटकीय गन्तव्य तयार पार्ने मेरो योजना छ।

यसका लागि पूर्वाधार चाहिन्छ र निजी क्षेत्रको लगानी आवश्यक छ। हामी त्यसमा हातेमालो गरेर काम गर्न तयार छौं।

निजी क्षेत्र र निर्माण क्षेत्रमा व्यापक लगानी ल्याउने गरी अबको १० वर्षमा बेरोजगारीमात्र समाधान गर्ने लक्ष्य रहनेछ। अर्थतन्त्रको आकार दोब्बर बढाएर तलब स्केल पनि दोब्बर बनाउन सकिन्छ। मैले अहिले नै विदेश बसेकालाई नेपाल ल्याउन सक्ने कुरा त गर्न सक्दिनँ तर कमसेकम त्यहाँ पाउनेजति स्यालरी यहाँ पाउने वातावरण बनाउन सक्छु।