BIZMANDU
www.bizmandu.com

बजार घट्दा पनि तीन कम्पनीको सेयरमा पोजेटिभ सर्किट, कारोबार ७ अर्ब ९४ करोडको

२०८२ फागुन ४

बजार घट्दा पनि तीन कम्पनीको सेयरमा पोजेटिभ सर्किट, कारोबार ७ अर्ब ९४ करोडको
बजार घट्दा पनि तीन कम्पनीको सेयरमा पोजेटिभ सर्किट, कारोबार ७ अर्ब ९४ करोडको

काठमाडौं। साताको दोस्रो दिन सेयर बजार घटेको छ। नेप्से परिसूचक सोमबार ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा आएको हो। कारोबारमा आएका फाइनान्स, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन बाहेकका सूचकले मूल्य घटाएका हुन्।

Tata
GBIME
Nepal Life

बजारमा १६३ कम्पनीको सेयर मूल्य घट्दा तिनका लगानीकर्ता नोक्सानमा परेका छन्। खानीखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.३८ प्रतिशतले घटेको छ।

बजारमा ८६ कम्पनीको मूल्य बढेको छ भने ९ वटाको स्थिर छ। बढेकामध्ये तीन कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस्तै माथिल्लो स्यागे हाइड्रोपावरको सेयर मूल्य ८.१८ प्रतिशतले बढेको छ।

बजारमा ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। रिडी पावर कम्पनीको सबैभन्दा धेरै ६५ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, आँखुखोला जलविद्युतको ५२ करोड ३६ लाख र ङादी ग्रुप अफ पावरको ४८ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।