BIZMANDU
www.bizmandu.com

जय शम्भो ! महाशिवरात्रिमा धुँवामा रङमङ्गिएको पशुपतिनाथ (तस्बिरहरू)

२०८२ फागुन ३

जय शम्भो ! महाशिवरात्रिमा धुँवामा रङमङ्गिएको पशुपतिनाथ (तस्बिरहरू)
जय शम्भो ! महाशिवरात्रिमा धुँवामा रङमङ्गिएको पशुपतिनाथ (तस्बिरहरू)


काठमाडौं। महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भिड लागेको छ।

Tata
GBIME

पशुपति मन्दिर परिसरमा सयौंको संख्यामा नागा बाबाहरू आएका छन्। धेरैजसो बाबाहरू भारतबाट आएका हुन्।

पशुपतिमा शिवरात्रि मनाउन आइपुगेका जोगी आफ्नै धुनमा देखिन्छन्। कोही गाँजा तानिरहेका त कोही डमरु बजाइरहेका देखिन्छन्। साधुसन्तको दर्शन र आशीर्वाद लिन पनि कतिपय पशुपति पुग्ने गर्छन्।

शिवरात्रिका दिन धेरै संख्यामा युवा दिउँसोबाट पशुपति पुग्ने गर्छन्। धेरैको उद्देश्य शिवको दर्शनभन्दा पनि शिव बुटी अर्थात् गाँजा, भाङ र धतुरो खाने हुन्छ।

३ वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरो लगायत लागुपदार्थ निषेध गरिएको थियो। यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ। यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले पक्राउ गर्नेछ।

यद्यपि, युवापुस्ता नागा बाबा र साधुको वरिपरि झुमिरहेका हुन्छन्। पशुपतिमा आएका थरिथरिका बाबा युवापुस्ताका आकर्षणका केन्द्र बनेका देखिन्छन्।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आइतबार देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइँदै छ।