काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। गत शुक्रबारका तुलनामा सुन तोलामा २ हजार ३ सय रुपैयाँ रुपैयाँ बढेको छ भने चाँदी १५ रुपैयाँ सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि बिहीबारका तुलनामा ३ हजार रुपैयाँ घट्दा शुक्रबार तोलाको ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी प्रति तोला ४ हजार ९ सय ८५ रुपैयाँ भएको छ। शुक्रबार तोलाको ५ हजार रुपैयाँ पुगेको थियो।
अन्तरार्ष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ५०४१.८ डलर पुगेको छ। चाँदी प्रति औंस ७७.४१ डलरले कारोबार भइरहेको छ।