काठमाडौं। महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा साधु तथा भक्तजनहरुको चहलपहल बढेको छ। शिवरात्रिमा पशुपतिमा विशेष पूजा तथा आरती हुने गर्छ।
छिमेकी भारतबाट समेत साधु र बाबाहरुको बाक्लो उपस्थिति महाशिवरात्रिमा हुने गर्छ। बाबा र साधुहरुले मूल पर्वको पूर्वसन्ध्यामा धुनी जगाउनेलगायतका कार्य समेत गर्ने गर्दछन्। पशुपति क्षेत्र विकास कोषले साधुहरुलाई खाने, बस्ने विशेष व्यवस्था मिलाएको छ।
पर्वका अवसरमा पाशुपत क्षेत्रलाई विशेष सजावट समेत गरिएको छ।











