BIZMANDU
www.bizmandu.com

नेपालीरिका होटलले सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

२०८२ फागुन १

नेपालीरिका होटलले सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
नेपालीरिका होटलले सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं। नेपालीरिका होटलले साधारण सेयर निष्कासन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

होटलले १०० रुपैयाँ अंकित दरका ५० लाख कित्ता सेयर निष्कास गर्ने भएको हो। यसका लागि होटलले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यस सम्बन्धमा होटलका अध्यक्ष भोलेश्वर दुलाल र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

विराटचोकमा रहेको नेपालीरिका होटलमा सुइटसहित १४६ कोठा छन्।