BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म घर कर्जा दिने

२०८२ फागुन १

एनआइसी एसिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म घर कर्जा दिने
एनआइसी एसिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म घर कर्जा दिने

काठमाडौं। एनआइसी एसिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिने स्किम ल्याएको छ।

Tata
GBIME
Nepal Life

बैंकले‘एनआइसी एसिया साथी घर कर्जा’ योजना ल्याएको हो। ग्राहकको आवश्यकतालाई पूरा गर्नका लागि १० करोडसम्म घर कर्जा दिने गरी नयाँ योजना ल्याएको बैंकले जनाएको छ।

ग्राहकले न्यूनतम २५ लाखदेखि अधिकतम १० करोड रुपैयाँसम्म कर्जा पाउनेछन्। घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण गर्न एवं घडेरी खरिद गर्नका लागि सहज प्रक्रियाबाट कर्जा प्रदान गरिने बैंकले जनाएको छ। कर्जाको अवधि अधिकतम २५ वर्ष छ।

पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार घर कर्जा लिने ग्राहकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्नेछन्।