BIZMANDU
www.bizmandu.com

नेपाल रिइन्स्योरेन्समा अध्यक्षको जिम्मेवारी सहसचिव लम्साललाई, पौडेलसमक्ष लिए शपथ

२०८२ माघ २९

नेपाल रिइन्स्योरेन्समा अध्यक्षको जिम्मेवारी सहसचिव लम्साललाई, पौडेलसमक्ष लिए शपथ
नेपाल रिइन्स्योरेन्समा अध्यक्षको जिम्मेवारी सहसचिव लम्साललाई, पौडेलसमक्ष लिए शपथ

काठमाडौं। नेपाल रिइन्स्योरेन्समा अध्यक्षको जिम्मेवारी अमृत लम्सालले पाएका छन्।

Vigo
GBIME
Tata

सरकारले भन्सार विभागका उपमहानिर्देशक लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षको जिम्मेवारी दिएको हो।

नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बिहीबार नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष लम्साललाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र पौडेल भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेपछि सरकाले लम्साललाई अध्यक्षको जिम्मेवारी दिएको हो।