BIZMANDU
www.bizmandu.com

किसानका हातमै अब विशेषज्ञको सल्लाह, डिजिटल कृषि सेवा दिन सुपर कृषकसँग एनसेलको सहकार्य

२०८२ माघ २९

किसानका हातमै अब विशेषज्ञको सल्लाह, डिजिटल कृषि सेवा दिन सुपर कृषकसँग एनसेलको सहकार्य
किसानका हातमै अब विशेषज्ञको सल्लाह, डिजिटल कृषि सेवा दिन सुपर कृषकसँग एनसेलको सहकार्य


काठमाडौं। देशभरका किसानलाई डिजिटल र प्रिमियम कृषि सेवा उपलब्ध गराउन एनसेल र सुपर कृषकले सहकार्य गरेका छन्।

Vigo
GBIME
Tata

सुपर कृषकसँग आफ्नो सहकार्यका कारण किसानले मोबाइल फोनमार्फत उन्नत, सुलभ र स्थानीय आवश्यकता अनुकूल कृषि परामर्श प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ।

एनसेलका अनुसार उच्च पहाडदेखि तराईका फाँटसम्म अब किसानका हात हातमा विशेषज्ञको सल्लाह सुझाव अनि आधुनिक प्रविधिको पहुँच सुनिश्चित भएको छ।

मोबाइल फोनमार्फत सहजै सबै किसानसम्म आधुनिक कृषि सेवा उपलब्ध गराउनु यो सहकार्यको मुख्य उद्देश्य भएको एनसेलले जनाएको छ। डिजिटल कृषि प्लेटफर्म सुपर कृषकमा हालसम्म देशका ३० हजारभन्दा बढी किसान दर्ता भइसकेका छन्।

यो प्लेटफर्ममार्फत अनलाइन कृषि तालिम, कृषि डाक्टर तथा कृषि चीना (स्याटेलाइट अनुगमन) जस्ता डिजिटल उपकरण र सेवा उपलब्ध हुन्छन्। जसले किसानलाई आफ्नै मोबाइल फोनमार्फत कृषि परामर्श, रोगकीरा तथा बाली समस्या पहिचान र बाली अनुगमनसम्बन्धी जानकारी प्राप्त गरी स्वमूल्यांकन गर्न सक्षम बनाउँछ।

नेपालमै पहिलोपटक किसानले भ्वाइस, डेटा वा एसएमएस सेवा लिए झैँ सहजरूपमा आफ्नो मोबाइल ब्यालेन्सबाटै कृषि सेवाको लाभ उठाउन सक्नेछन्।

किसानले सुपर कृषक एपमार्फत सेवा लिन सक्ने एनसेलले जनाएको छ। एपमा विभिन्न अवधिका सदस्यता प्याकेज उपलब्ध छन्। एक वर्षको प्याक किस्ताबन्दीमा लिन चाहनेले प्रत्येक तीन दिनमा १३ रुपैयाँका दरले वार्षिक १,५६० रुपैयाँ खर्चिनुपर्नेछ। त्यस्तै छ महिनाका लागि प्रत्येक तीन दिनमा १४ रुपैयाँका दरले ८४० रुपैयाँ तिर्नुपर्नेछ।

एकमुष्ट भुक्तानी गर्ने किसानका लागि भने छ महिनाका लागि ७५६ रुपैयाँ र एक वर्षका लागि १,२४८ रुपैयाँ तोकिएको छ।

किसानले प्रिमियम सेवाअन्तर्गत आधुनिक कृषि प्रविधिबारे विस्तृत तथा चरणबद्ध सिकाइ सामग्री समेटिएका तालिम मोड्युलहरूको लाभ उठाउन सक्छन्। त्यस्तै कृषि डाक्टर सुविधामार्फत कृषकले ८०० भन्दा बढी बालीका रोग किरा तथा अन्य समस्याको पहिचान एआई मार्फत गर्न सक्छन्।

एनसेल र सुपर कृषकले यो सेवा एक वर्षमा १ लाख २० हजारभन्दा बढी किसानसम्म पुर्‍याउने लक्ष्य राखेका छन्।