BIZMANDU
www.bizmandu.com

नेपाल र इटालीबीचको खेल सुरु हुनै लाग्दा वानखेडे आसपासमा जम्मा हुन थाले नेपाली समर्थक

२०८२ माघ २९

नेपाल र इटालीबीचको खेल सुरु हुनै लाग्दा वानखेडे आसपासमा जम्मा हुन थाले नेपाली समर्थक
नेपाल र इटालीबीचको खेल सुरु हुनै लाग्दा वानखेडे आसपासमा जम्मा हुन थाले नेपाली समर्थक

मुम्बई। भारत र श्रीलंकामा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र इटालीबीचको खेल अब केही बेरमा सुरु हुँदैछ। यो खेल भारतको मुम्बईस्थित वानखेडे रंगशालामा हुनेछ।

Tata
GBIME
Nepal Life

खेल सुरु हुनुअघि वानखेडे आसपास मुम्बईमा नेपाली समर्थकहरूको भीड देखिएको छ। नेपाली झण्डा र जर्सीसहित समर्थकहरू उत्साहित देखिन्छन्।

यो समूह ‘सी’ अन्तर्गतको खेल हो। यस समूहमा नेपाल, इङ्ल्याण्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।

नेपालले आफ्नो पहिलो खेलमा इङ्ल्याण्डसँग निकै प्रतिस्पर्धात्मक खेल खेलेको थियो। जसमा नेपाल मात्र ४ रनले पराजित भएको थियो।

इटालीले आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले हार बेहोरेको थियो। नेपाल र इटाली दुवैका लागि यो दोस्रो खेल हो।

समूहमा वेस्ट इन्डिजले इङ्ल्याण्डलाई हराउँदै बलियो स्थिति बनाएको छ। वेस्ट इन्डिजले दुई खेल खेलेर दुई जितसहित ४ अंक जोडेको छ।

इङ्ल्याण्ड र स्कटल्यान्डले एक/एक खेल जितेर २/२ अंक हासिल गरेका छन्। नेपाललाई सुपर ८ मा पुग्न इटालीसहित बाँकी तीनवटै खेल जित्नै पर्ने दबाब छ।