BIZMANDU
www.bizmandu.com

नेपाल लाइफ इन्स्योरेन्सको नाफा घट्यो, ६ महिनामा कमायो ३३ करोड ६९ लाख

२०८२ माघ २९

नेपाल लाइफ इन्स्योरेन्सको नाफा घट्यो, ६ महिनामा कमायो ३३ करोड ६९ लाख
नेपाल लाइफ इन्स्योरेन्सको नाफा घट्यो, ६ महिनामा कमायो ३३ करोड ६९ लाख

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको नाफा घटेको छ। इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनामा ३३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME

यो गत आर्थिक वर्षको पुससम्मको तुलनामा २८.०३ प्रतिशत कम हो। गत वर्ष ६ महिनामा कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

दुई आवको ६ महिनाको वित्तीय विवरण (रुपैयाँमा)

सूचक२०८२२०८१फरक %
खुद बीमा शुल्क२५,५३,०६,०२,०९३२२,१२,९३,७९,६८११५.३७
खुद नाफा३३,६९,२०,२९०४६,८१,५०,४८३-२८.०३
प्रति सेयर आम्दानी७.११११-३७.६९
कुल आम्दानी३५,७६,६३,५२,६१३३३,३९,८५,२०,१०१७.०९
दाबी भुक्तानी३०,८८,०१,३३,९०८२८,५४,२९,०३,४१५८.१९
कुल खर्च३३,८२,५२,०५,८६९३१,०२,५९,२२,५५६९.०२