BIZMANDU
www.bizmandu.com

सिन्धुलीमा नेपाल एसबिआई बैंक लुट्नेलाई अदालतले पूर्पक्षको लागि थुनामा पठायो

२०८२ माघ २८

सिन्धुलीमा नेपाल एसबिआई बैंक लुट्नेलाई अदालतले पूर्पक्षको लागि थुनामा पठायो
सिन्धुलीमा नेपाल एसबिआई बैंक लुट्नेलाई अदालतले पूर्पक्षको लागि थुनामा पठायो

काठमाडौं। सिन्धुलीको ध्याङलेख गाउँपालिका २ हायुटारमा रहेको नेपाल एसबिआइ बैंक लुट प्रकरणमा समातिएकाहरुलाई पूर्पक्षको लागि थुनामा पठाइएको छ।

GBIME
Tata

सिन्धुली घ्याङ्लेख गाउँपालिका छविलाल स्याङतान, चतुरमान बजु, ज्ञान बहादुर भ्लोन तामाङ, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका विवेक मगर र  मिलन गिरीलाई सिन्धुली जिल्ला अदालतले पूर्पक्षको लागि थुनामा पठाएको हो।

त्यस्तै, अर्का एक नाबालकलाई भने बाल सुधार गृहमा राख्ने आदेश दिइएको छ।

पुस २९ गते लुटेरा समूहले योजना बनाएर बैंक लुटेका थिए। पछि प्रहरी र स्थानीयको सक्रियतामा लुटराहरुलाई समातिएको थियो।