BIZMANDU
www.bizmandu.com

सिद्धार्थ फर्मास्युटीकल्सले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

२०८२ माघ २८

सिद्धार्थ फर्मास्युटीकल्सले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त
सिद्धार्थ फर्मास्युटीकल्सले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ। आइपीओ निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। यस सम्बन्धमा सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. ऋषिराम शर्मा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट चिफ बिजनेश अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

वि.सं. २०४३ माघ ११ गते स्थापना भई औपचारिक रुपमा २०४६ साल देखी सिद्धार्थ फर्मास्युटिकल्सले गुणस्तरीय, सुरक्षित तथा किफायती औषधि उत्पादन गर्दै आएको छ।