BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलामा १ हजार १०० बढ्दा चाँदी ५० रुपैयाँ महँगियो

२०८२ माघ २८

सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलामा १ हजार १०० बढ्दा चाँदी ५० रुपैयाँ महँगियो
सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलामा १ हजार १०० बढ्दा चाँदी ५० रुपैयाँ महँगियो


काठमाडौं। साताको चौथो दिन पनि सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ। सुन प्रति तोला ३ लाख ६ हजार ६०० पुगेको छ भने चाँदी तोलाको ५ हजार २९० रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

GBIME
Tata

अघिल्लो दिनका तुलनामा सुन तोलामा १ हजार १ सय रुपैयाँ बढेको हो भने चाँदी ५० रुपैयाँ महँगिएको हो। मंगलबार सुन प्रति तोला ३ लाख ५ हजार ५ सय रुपैयाँ भएको थियो। यो साता चार दिनमा सुन तोलामा ६ हजार १ सय रुपैयाँ महँगिएको छ।

गत आइतबार सुन तोलाको ३ लाख ५ सय रुपैयाँ थियो। सोमबार ४ हजार १ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो भने मंगलबार ९ सय रुपैयाँ बढेको थियो।

चाँदीको कारोबार मूल्य बुधबार ५ हजार २ सय ९० रुपैयाँ पुगेको छ। मंगलबार ५ हजार २ सय ४० रुपैयाँ थियो। सोमबारका तुलनामा मंगलबार १० रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको थियो। त्यसअघि गत इतबार चाँदी तोलाको ५ हजार १० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ५०५२ डलर पुगेको छ। यो एक दिनमा ४३.८७ डलरको बढोत्तरीपछि कायम मूल्य हो। चाँदी पनि १.४७ डलर महँगिदै प्रति औंस ८२.१८ डलरले कारोबार भइरहेको छ।