काठमाडौं। सिटिजन्स इन्टरनेसनल नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (ईएफटी) सदस्यभित्र नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक बनेको छ।
ईएफटी स्वीच नेपालपे कार्ड सञ्चालनका लागि बैंकले मंगलबार एनसीएचएलसँग सम्दझौता गरेको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
सम्झौता पश्चात आफ्नो एटीएम तथा पोसमा नेपालपे कार्डका साथै डिस्कभर, डिनर्स, पल्स जस्ता अन्तर्राष्ट्रिय कार्ड पनि स्वीकार्य हुने सिटिजन्स बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।