BIZMANDU
www.bizmandu.com

देशका ८२ प्रतिशत घरपरिवारमा इन्टरनेट सुविधा, १५-४९ वर्षका ८१.६% महिलासँग आफ्नै फोन

२०८२ माघ २६

देशका ८२ प्रतिशत घरपरिवारमा इन्टरनेट सुविधा, १५-४९ वर्षका ८१.६% महिलासँग आफ्नै फोन
तनहुँको भिमाद नगरपालिका-८ स्थित राङरुङ गाउँ। तस्बिर : रासस


काठमाडौं। नेपालमा ८२ प्रतिशत घर परिवारमा इन्टरनेट सुविधा पुगेको सरकारी सर्वेक्षणले देखाएको छ।

Vigo
GBIME
Tata

राष्ट्रिय तथ्यांक कार्यालयले गरेको नेपाल वहुसूचक सर्वेक्षणले ८२ प्रतिशत घरपरिवारले इन्टरनेट सुविधासहितको उपकरण प्रयोग गर्दै आएको देखाएको हो।

‘प्रत्येक पाँचमध्ये चार (८२ प्रतिशत) घरपरिवारले इन्टरनेट सुविधासहितको उपकरणको प्रयोग गरेको पाइयो,’ सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै कार्यालयले सोमबार प्रेस विज्ञप्तिमा भनेको छ।

कार्यालयका अनुसार १५-४९ वर्ष उमेर समूहका महिलामध्ये ८१.६ प्रतिशतसँग आफ्नै मोबाइल फोन छ। आफ्नै मोबाइल फोन हुने पुरुषको संख्या भने धेरै छ। १५-४९ वर्ष उमेर समूहका पुरुषमध्ये ९०.४ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको पाइएको विज्ञप्तिमा उल्लेख छ।

कार्यालयले १२ हजार ९६० घर परिवारमा सर्वेक्षण गरेको थियो।