BIZMANDU
www.bizmandu.com

जलेको सिंहदरबार अघि भारतले निर्वाचनका लागि दिएको गाडीको लस्कर (तस्विरहरु)

२०८२ माघ २६

जलेको सिंहदरबार अघि भारतले निर्वाचनका लागि दिएको गाडीको लस्कर (तस्विरहरु)
जलेको सिंहदरबार अघि भारतले निर्वाचनका लागि दिएको गाडीको लस्कर (तस्विरहरु)

काठमाडौं । भारतले निर्वाचनका लागि नेपाललाई गाडी उपलब्ध गराउने क्रम जारी छ। भारतले नेपाल सरकारलाई निर्वाचनका लागि विभिन्न चरणमा गरेर ६०० भन्दा बढी सवारी साधन उपलब्ध गराउने भएको छ।

Vigo
GBIME
Tata

अहिले प्राप्त गाडीहरु सिंहदरबार अगाडी राखिएको छ। जेनजी प्रदर्शनमा जलाइएको सिंहदरबार अघि गाडीको लस्कर देख्न सकिन्छ।

यसरी उपलब्ध गराइएको सवारी सबैभन्दा धेरै सुरक्षाकर्मीले प्रयोग गर्नेछन्। केही सवारीसाधन निर्वाचन आयोगले प्रयोग गर्नेछ।

भारतले पहिलो चरणमा गृह मन्त्रालयलाई ६१ वटा सवारी साधन दिएको थियो। त्यस्तै दोस्रो चरणमा २५० वटा सवारी र तेस्रो चरणमा प २२३ वटा सवारी साधन दिइसकेको छ।