BIZMANDU
www.bizmandu.com

फेक रेस्क्यु प्रकरण : अस्पताल संचालक तिमिल्सिना पक्राउ, अदालतबाट म्याद थप

२०८२ माघ २५

फेक रेस्क्यु प्रकरण : अस्पताल संचालक तिमिल्सिना पक्राउ, अदालतबाट म्याद थप
फेक रेस्क्यु प्रकरण : अस्पताल संचालक तिमिल्सिना पक्राउ, अदालतबाट म्याद थप

काठमाडौं । फेक रेस्क्यु प्रकणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

GBIME
Tata

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले श्रीद्धि इन्टरनेशनल अस्पतालका संचालक गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको हो।

जिल्ला अदालतबाट म्याद थप गरि उनीमाथि अनुसन्धान भइरहेको ब्यूरोका एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

यसअघि प्रहरीले माउन्टेन रेस्क्यू सर्भिसका संचालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका संचालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेक राज थपलिया तथा एभरेस्ट एक्सपेरियन्स एन्ड एसिस्टेन्सका संचालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।