BIZMANDU
www.bizmandu.com

मरिना बिचमा भेला हुँदै नेपाली समर्थक, राष्ट्रिय झण्डा ओडेर पुग्दैछन् वानखडे स्टेडियम

२०८२ माघ २५

मरिना बिचमा भेला हुँदै नेपाली समर्थक, राष्ट्रिय झण्डा ओडेर पुग्दैछन् वानखडे स्टेडियम
मरिना बिचमा भेला हुँदै नेपाली समर्थक, राष्ट्रिय झण्डा ओडेर पुग्दैछन् वानखडे स्टेडियम

मुम्बई । आज नेपाल र इंग्ल्याण्डबीच विश्वकप टी २० मा पहिलो प्रतिस्पर्धा हुँदैछ। दिउँसो ३:१५ बजे दुई टोली मुम्बईको वानखडे स्टेडियममा प्रतिस्पर्धा गर्दैछन्।

Vigo
GBIME
Tata

नेपाली टोलीलाई समर्थन गर्न ठूलो संख्यामा नेपाली दर्शक स्टेडियम पुग्ने क्रममा छन्। वानखडे स्टेडियम रहेको मरिना बिच वरिपरि नेपाली जर्सीमा समर्थकहरु भेला भइरहेका छन्।

नेपालको झण्डासहित उनीहरु स्टेडियम पुगिरहेका छन्। त्यहाँ गालामा नेपालको राष्ट्रिय झण्डा बनाउनेको पनि लर्को लागेको छ।